Yagyopavit Sanskar Is Necessary Know Why - जिज्ञासाः क्यों धारण करते हैं  यज्ञोपवीत, क्या हैं इसके लाभ? | Patrika News

हेमलता सुवेदी | २०७८ मंसिर १० गते शुक्रबार

संस्कार मानव जगत भित्रको महत्वपूर्ण शक्ति जसलेसुन्दर मानव जगतको चरित्र निर्माण तथा मृत्यु पश्चातको सहज सद्गति प्राप्त हुने कुरा र सभ्य समाजको परिचय दिने जस्ता महत्वपूणर् कार्यहरु कार्यान्वयन गर्नमा महत्वपूणर् भूमिका खेल्ने गर्छ । संस्कार शब्दको अर्थ शुद्धिकरण अर्थात मानव तन मन र शरीरलाई धर्म र कर्मको आधारमा विभिन्न क्रियाद्धारा स्वस्थ स्वच्छ र ब्यवस्थित बनाउनु हो । संस्कारद्धारा अज्ञान अधर्म र असभ्य सोचलाई परिष्कृत गर्दैै शुद्ध पवित्र तन मन र आचरणलाई अँगाल्दै विकृतीपूर्ण संस्कारलाई त्याग्दै वैज्ञानिकपूर्ण आचरण र ब्यवहारसंग जोडिदै जीवनमा सफलतापूर्वक अगाडि बड्दै जानाले सभ्य मानव सभ्यताको निर्माण सम्भव हुन्छ ।


मानव प्राणी जन्म पश्चात् धेरै कुराहरु सोच्दै सिक्दै र सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै अगाडि बडि रहेको हुन्छ । जुन ज्ञान द्धारा मानव चरित्र निमाणर् हुन्छ र त्यस चरित्रबाट आफ्नो ब्यहारको विकास गर्दै आफुलाई सशक्त बनाउछ यो सशक्त बनाउने शक्तिनै संस्कार हो संस्कार शब्दको परिभाषा र गहिराईलाई हामी लगायत वर्तमान् र भावी सन्ततीहरुले बुझेर जीवन ब्यवहारमा ल्याउन जरुरी छ जसद्धारा हामी आफ्नो धर्म परम्परा संस्कृति लाई जीवन्त बनाउदै आचरण लाई शुद्ध गर्दै पापबाट मुक्त भई परलोक पनि सुधार्न सक्छौ । हुन त परलोकको अवधारणा यस पदार्थ प्रधान भौतिकवादी संसारमा अर्थहीन जस्तो लागेता पनि अदृश्य शक्ति द्धारा संचालित संसार प्रतिको विश्वासको शक्तिलाई पूणर् रुपमा विज्ञानले पनि नकार्न नसकेको हुनाले यस भौतिक शरीरको क्षय पछि शुक्ष्म देह (आत्माको) निवास परलोकमा विचरण गर्दै कर्मको संस्कारका आधारमा पुन जीवजगतमा आईपुग्ने कुरा वेद शास्त्रार्थ उल्लेख भएकै छ जसलाई सनातनवादी आध्यात्मीक जगतले प्रमाणीत गरीराखेकै छन् ।

विशेष क्रिया र पद्धति द्धारा गरिने धार्मिक संस्कारको आफ्नैै महत्व भएता पनि कर्मअनुसारको संस्कारहरुले सभ्य समाज निमाणर्मा झनै धेरै महत्वपूणर् भुमिका खेलेको हुन्छ । कर्म अनुसारकोसंस्कार अनवरत चलि रहने श्रृंखला हो जुन एक पुस्ता देखि अर्को पुस्तामा हस्तानान्तरण हुदै जान्छ यिनै संस्कारको श्रृंखलाले ब्यक्तिको ब्यक्तित्वलाई सुसज्जित र परिष्कृत गर्दै सभ्य बनाउछ । यसरी हामी आफ्नो धर्म संस्कार अनुसार मनाउने चाड बाडको रिति रिवाजलाईअन्धोरुपमा मात्र ग्रहण नगरी यसको वैज्ञानिकता लाई पनि बुझन् जरुरी छ ।

रिति रिवाजको विरोध गर्दै धर्मलाई गाली गर्नेहरुले धर्म संस्कारका नियम हरुको गहिराई लाई बुझ्न आवश्यक छ । यद्यपि चाड पर्वका कतिपय कुरिती हरुलाई परिमार्जित गर्दै अवलम्बन गर्न सक्नु हाम्रो दायित्व हुन आउछ जसले गर्दा भावी पुस्ताले आफ्नो संस्कारलाई सहजरुपमा ग्रहण गर्न सक्छन् । परिष्कृत सभ्य समाजको विकास गर्न हरेक नागरिक सचेत भई आफ्नो धर्म संस्कार लाई अंगिकार गरेमा अवश्य पनि मानव सभ्यताको समृद्धिमा एउटा अनुपम टेवा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *