कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर ०८, बुधवार

बढ्दो लैङ्गिक हिंसा तथा लैंगिक विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान सर्लाहीमा संचालन गरिने भएको छ ।मंसिर ८ गतेदेखि मंसिर २४ गतेसम्म जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रमको बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रमहरु तय गरिएको कार्यक्रममा सहभागी पत्रकारहरुलाई जानकारी गराइएको छ। ‘घरैबाट शुरु गरौं महिला विरुद्ध हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुने अभियानको पहिलो दिन ८ गते पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

मंषिर ९ गते मलंगवास्थित सहिद पार्कबाट रैली तथा अन्तरक्रिया गरि बेलुका सहिद पार्कमा दिप प्रज्वलन गरेर अभयानको तेस्रो दिन १० गतेदेखि विभिन्न संघसंस्थाहरुको आयोजनामा लैंगिक विभेदमा आधारित कार्यक्रमहरु गरी मंसिर २४ गते अन्तिम मानव अधिकार रक्षकहरुको पहिचान, मान्यता र सुरक्षा विषयमा अन्तरक्रिया तथा रक्तदान कार्यक्रम गरी अभियानको समापन गर्ने आयोजक ओरेक नेपाल र इन्सेकले जनाएको छ ।

बुधबार सदरमुकाम मलंगवा स्थित रेडियो मधेशको सभाहलमा आयोजना भएको कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *