मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २९, सोमवार

जनकपुरधाममा दुई पक्षिय साम्प्रदायिक द्वन्द्ध ७ बुँदे सहमति पश्चात् तत्कालको लागि साम्य भएको छ।

जनकपुरधाम उप-महानगरपालिका २० देवपुरा रुपैठामा भएको हिन्दू मुस्लिम विवादमा सोमबार स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफलपछि ७ बुँदे सहमति भएको छ । सहमति पश्चात् तीन दिनदेखि लगाइदै आएको निषेधाज्ञा समेत हटाईएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले बताएका छन।

छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो ।

तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उप-महानगरपालिकाको अधिनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उप-महानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्ने लगायतका सहमतिपछि विवाद साम्य भएको हो।

उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिति समेत गठन गरिएको प्रजिअ वास्तोलाले जानकारी गराए । रुपैठामा भएको विवादले उग्र रुप लिँदा भएको झडपमा परी २ प्रहरी गरी ६ जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *