मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २९, सोमवार

काठमाडौं। पेट्रोलको मूल्य बृदिका कारण आहतमा परेका स्कुटर प्रयोगकर्ताको लागि वरदान साबित हुने खालको इलेक्ट्रिकल स्कुटर बजारमा आएको छ। प्योर ईभीले बजारमा ल्याएको इट्रान्स नियो र प्लुटो स्कुटर नेपाली बजारमा व्हाइट लोटसले बिक्री गरिरहेको छ। 

भारतको हैदराबाद रहेको स्टार्टअप कम्पनी प्योर ईभीले लन्च गरेका यी स्कुटरहरू अत्यधिक किफायती प्रमाणित भएका छन् । नेपालमा रु. २ लाख २५ हजारको रेन्जमा उपलब्ध यी स्कुटरको विशेषता भने बेजोडको छ। 

यसले फुल चार्जमा १२० किलोमिट र गति ६० किमी / घण्टा दिन्छ। यसका आधिकारिक बिक्रेता व्हाइट लोटसका कार्यकारी निर्देशक अशोक खड्गीका अनुसार यो स्कुटरले जम्मा १५ पैसाको खर्चमा नै एक किलोमिटर यात्रा गराउँछ।  
बिक्रेता कम्पनीले यो ईभी स्कुटरको बारेमा दाबी गरेको छ कि यसले ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । साथै, यसको लोड क्षमता १५० केजी सम्म छ। यसमा सेतो, रातो, निलो, कालो, खैरो र सिल्भर गरी जम्मा ६ रङ विकल्पहरू छन्। यो ई-स्कुटरमा चार इन्चको एलसीडी डिस्प्ले, रिजेनेरेटिभ ब्रेकिङ, एलईडी हेडलाइट र एन्टी थेफ्ट स्मार्ट लक छ।

यो इलेक्ट्रिक स्कुटर २. केडब्लुएच लिथियम ब्याट्रीद्वारा सञ्चालित छ, जुन बीएलडीसी मोटरसँग जोडिएको छ। घरमा नै सजिलै प्लगमा चार्ज जोडेर यो स्कुटर चार्ज गर्न सकिन्छ। अप्ठ्यारो पर्दा यसमा पोर्टेबल ब्याट्री छ, जसको मद्दतले तपाई सजिलै यो ब्याट्री निकाल्न र चार्ज गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *