बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक २७, शनिवार

जनकपुरधाम । हिन्दु र मुस्लिम समुदायबीच झडपका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अहिले तनावग्रस्त अवस्थामा छ ।

छठ पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरुलाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठाको अवस्था अहिले दंगामा परिणत भएको हो ।

दंगा भडकिदा प्रहरीमाथि समेत आक्रमण गर्न थालेपछि तनावपूर्ण अवस्थालाई साम्य पार्न प्रहरीले दर्जनौ राउण्ड आश्रुग्यास प्रहार गरिसकेको छ । तनावग्रस्त घटनामा चारजना सशस्त्र प्रहरी, एक नेपाल प्रहरी र एक स्थानीय महिला सहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक वसन्त रजौरेले जनाएको छ ।

तनावपुर्ण अवस्थालाई बिचार गर्दै जिल्ला प्रशासन कार्यालयद्वारा आज २ बजेदेखि भोली राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । रुपैठा प्रवेश गर्ने चारै नाका पुर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबादो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म प्रवेश निषेध गरिएको छ ।

गत २४ गतेका दिन स्थानीय तेलिया पोखरीमा हिन्दु समुदायले छठ मनाउन घाट बनाउन लाग्दा मुस्लिम समुदायका व्यक्तिहरुले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । सो दिन लाठी, भाला, गर्छीले भएको दुई पक्षीय झडपमा परी ४ व्यक्ति घाइते भएको थियो ।

स्थानीय तेलिया पोखरीको चारैतिरबाट दुवै समुदायले अतिक्रमण पारेका छन । सडक छेउ निर मुस्लिम समुदायले अतिक्रमण गरी त्यसमा पहिला दाहा राख्ने गरेको थियो, तर केही दिनयतादेखि कुखुराको मासु पसल संचालन गर्दै आएको छ ।
हिन्दु समुदायले सोही ठाउँमा छठ मनाउन जाँदा मुस्लिम समुदायले आफ्नो जग्गा रहेको भनी छठको घाट बनाउन नदिने, घाटमा कुखुराको प्वाँख फाल्ने लगायतका कार्य गरेर प्रत्येक वर्ष अवरोध गर्दै आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो पोखरीलाई जिर्णोद्धार गर्न नसक्दा दुवै समुदायका व्यक्तिले अतिक्रमण गरेर बसेको कारण विवाद हुँदै आएको विवाद हुँदै आएको वडाध्यक्ष भोगेन्द्र झाले बताएका छन ।
उनले यसमा प्रमुख दोषी जनकपुरधाम उपमहानगरपालिका रहेको भन्दै पोखरीलाई व्यवस्थापन गर्न अतिक्रमण मुक्त नगरेसम्म विवाद कायमै रहने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *