कार्यकर्ताको भयले जनकपुरमा कर्मचारी हल्लिए समयमै कार्यालयमा उपस्थिीत

सुजीत कुमार झा | वर्ष‌‌‌‌‌‌: ०४ | अकंः २७ | कार्तिक २०७८

आजभोलि जनकपुरधामका सबै कर्मचारी जागेको जस्तो छ । समयमा कार्यालय आउने र पूरै समय कार्यालयमा बस्ने गरेका छन । यस्तो अवस्था कार्यालयहरुमा पहिला विरलै देखिन्थ्यो । जुन परिस्थितिमा पनि केही न केही ढिलो हुने गथ्र्यो । सेवाग्राहीको काम यति छिटो भइरहेको छ धेरैलाई विश्वासै लागि रहेको छैन ।

डेढ वर्षअघि ‘पृथकतावादी’ गतिविधि त्यागेर राजनीतिको मूल प्रवाहमा आएको घोषणा गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर नांगो घुमाएपछि कर्मचारीहरु आतंकित भएका छन ।

पहिला कार्यालयहरुमा कर्मचारीहरु विरलै देखिन्थ्यो तर सिकेको कार्यकर्ताले गरेको जनकारवाही पश्चात् डरले सबै कर्मचारी पूरै समय डियूटी गरिरहेका छन । प्रादेसिक अस्पताल जनकपुरधामका एकजना कर्मचारीले नाम नछाप्ने सर्तमा भने के गर्ने डर लागि रहेछ हाम्रै अस्पतालमा जनमत पार्टीका कार्यकर्ताहरु कुन बेला हाजिरी जाँच गर्न आइहाल्छ ।


केही कार्यालयमा सुरक्षाकर्मी पनि राखिएको छ । जनकपुरधाम उप–महानगरपालिकाको अगाडी पनि दिनभरी प्रहरी तैनात रहन्छन् । कार्यालयमा को आउँछ को जान्छन त्यस्को जाँच प्रहरीले गर्ने गर्छन । ‘यस्तो अवस्थामा पहिलो चोटी काम गर्नु परेको,’ नगरपालिकाका एकजना कर्मचारीले वताए ।

जबसम्म भय हुँदैन तबसम्म कसैले राम्रो कार्य गर्न नसक्ने समाजिक कार्यकर्ता सरोज मिश्रको धारणा रहेको छ । आज अख्तियारले राम्रो काम गरेको भए यो अवस्थै आउँदैन्थ्यो उनको कथन रहेको छ । यसैगरि जनकपुर इन्जिनियरिङ्ग कलेजका संचालक डा. आर्जुन सिंहका अनुसार ‘जनमत पार्टीद्वारा जनकारबाहीको नाममा गरिएको अराजक गतिविधिको भत्सर्ना भइरहँदा विभिन्न निकायहरुद्वारा ढिलो–सुस्ती गरेको काममा आएको तिब्रताले यो सोच्नलाई बाध्य पार्दै छ कि यो अराजक होईन आवश्यक थियो कि ? सेवाग्राहीलाई अनावश्यक ढिलो वा निषेधित गर्नु भ्रष्टाचार को आदीकाल देखि चलिआएको सबभन्दा सफल माध्यम हो ।’

युवा नेता सुशिल कर्ण भन्छन्, ‘संघियता आएपछि कर्मचारीहरुको भय हराएको छ, कुनै कामले जाँदा बीना पैसा कर्मचारीले कामै गर्दैनन् ।’ कर्मचारीले घुसको लागि काम गर्दैनन भने कुट्नै पर्ने पक्षमा सुशिल देखिएका छन् । तर अधिकांश व्यक्ति सुशिलको तर्कसँग सहमत छैन । कानुनी शासन कायम राख्नुपर्छ लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय नेता राजीव झाको तर्क रहेको छ । मानव भएर पनि मानव संवेदनालाई धज्जी उडाउँदै गरेको निकृष्ट कृयाकलापलाई जति भत्र्सना गरेपनि कम हुने उनले वताए । कुनै पनि क्रियाकलाप गर्दा देशको कानुनलाई सर्वोपरि मान्ने आवश्यकता हुन्छ तर गल्ती गरेकालाई कानुन अनुसार अगाडी बढनु पर्ने परिपाटी छदाँ छदै पनि जनमत पार्टीले देशको कानुनलाई पनि मिचेर राज्यद्रोह गरेकोले यस्ता अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिएर सरकारले कानुनको मर्यादा सिकाउनुपर्ने उनले बताए ।

राजेश कुशवाहा
आयोजना प्रमुख
खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधाम, प्रदेश २

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ का सचिव भवेश मिश्र प्रश्न गर्नहुन्छ, ‘कर्मचारीलाई कुटयो भने काम कसरी हुन्छ ? एशोसिएशन अहिले आन्दोलनमा रहेको छ । पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । जो गलत गरेको छ त्यसलाई कानुनी कारवाही गर्नुपर्छ तर गलत नगर्ने कर्मचारीको सम्मानमा आँच नआओस त्यसप्रति सबै सचेत हुनुपर्छ ।’
तर सरोज मिश्रको अलगै तर्क रहेको छ । मान सम्मान र इज्जत प्रतिष्ठा खोज्नेले पहिला यो सब अरुलाई गर्न पनि सिकाउनु पर्ने । जनताको करबाट तलब भत्ता सुख सुबिधा प्राप्त गर्ने जनप्रतिनिधि एवं कर्मचारीहरुको जनता प्रतिको उत्तरदायित्व र ब्यवहार परिवर्तन जरूरी छ ।

जनता आजित भएर सडकमा ओर्ले

डा. सिके राउत
अध्यक्ष
जनमत पार्टी


डा. सिके राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए । उनी सन् २०११ को अन्त्यतिर राजीनामा दिएर नेपाल फर्किए । सप्तरीको महदेवा गाउँमा जन्मेका डा. राउतले नेपालमै युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मान प्राप्त गरेका छन् ।

अमेरिकामा रहँदा उनी गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि भए । ललितपुरको पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा कार्यरत भए ।

राउत जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा अध्ययनका लागि जापान गए । जापानबाट फर्किएपछि सन् २००४ को अगस्टमा गेरू वस्त्र लिएर आध्यात्मिकताका लागि भारतको कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपवर्ती प्रशान्ति निलयमसम्म पुगे । सिकेले लेखेको आफ्नो आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ मा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको लेखेका छन् । केही समयपछि उनी फेरि जापान फर्किए ।
जापानमा अध्ययनकै क्रममा उनी बिरामी परे । अस्पतालमै उनले आफ्नो थेसिस लेखे । जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट पनि भए । यसै क्रममा डेढ वर्षअघि पृथकतावादी गतिविधि त्यागेर राजनीतिको मूल प्रवाह आएका थिए ।

अहिले जताततै सिके कै चर्चा छ नि ?
जनताको लागि कार्य गरेपछि चर्चा हुनु स्वाभाविक हो । कर्मचारी र स्थानीयतहका छोटे राजाहरुसँग नेपाली जनता आजित भइसकेका छन । यिनीहरुलाई सबक सिकाउनै पर्छ ।

एकतातिर आफूलाई गान्धीवादी छवि अर्को तर्फ गुण्डागर्दी शैलिमा कर्मचारीलाई नांगेझार पार्नु हुन्छ ?
म आफनो छबी बनाउन जनतालाई समस्यामा राख्न सक्दिन । जनताको निराशले विस्फोटक अवस्था आउन सक्ने खतरा रहेकाले हामीलाई सडकमा आउनु परिरहेको छ । फेरी यसमा जनता अगाडि आएका छन । यो म भन्दिन हाम्रो कार्यकर्ता थिएन । जनतासँग हामी थियौ । जिम्मेवारी पनि हामी लिन्छै ।

एउटा निहत्था कर्मचारीलाई नांगेझार पारेर घुमाउनुको पछुतो छैन ?
भ्रष्ट व्यक्तिलाई सम्मानका साथ राख्नु हुँदैन । जनतालाई समस्या पार्ने जोकोहीलाई माफ गर्न सकिदैन । घटनापछि आमजनताको समाजिक सञ्जालमा प्रतिक्रिया हेर्नुस, आशाको किरण देखिएको छ । अधिकांशले हाम्रो कार्यको सराहना गरेका छन् ।
पक्राउ परेका जनमत पार्टीका नेता तथा कार्यकर्तामाथि जुन रुपमा मुद्दा चलाइएको छ सो विरुद्ध एकातिर संघर्ष थालिएको छ भने जनतालाई दुःख दिने छोटे राजाहरुलाई छोडीने छैन । अब हामी सडकमा आइसक्यौं ।

चुनावका लागि सस्तो लोकप्रियताको नाटक प्रर्दशन त होइन ?
हामी त्यस्तो राजनीति गर्न आएको होइन तर चुनाव हामी लडछौ । जनता हाम्रो पक्षमा रहेको छ । हामी जनताको विश्वास जित्ने कार्य गर्छौ  । कर्मचारीलाई दूव्र्यवहार गर्नेलाई हामी त्यतिकै छोडदिन ।

कानुनअनुसार कारवाही हुन्छ

बन्धुप्रसाद बस्तोला
प्रमुख जिल्ला अधिकारी, धनुषा

कर्मचारी दुव्र्यवहारमा संलग्नहरुलाई छोडनुपर्ने निकै दबाब होला नि ?
त्यस्तो छैन । बाहिरबाट कुनै दबाब छैन । हुन त आप्mना कार्यकर्ता छोडाउन जनमत पार्टी शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।

पक्राउ परेकालाई कारवाही हुन्छ ?
त्यसमा शंका नगर्नुस । हामी जुन सुकै हालतमा कारबाही गर्छौ त्यही भएर पक्राउ गरेको हो । शान्तिपूर्ण आन्दोलन गर्नुस हामीलाई मतलब छैन तर कानुन हातमा लिनुहुन्छ भने कारवाहीको भागदारी हुनै पर्छ ।

यसअघि तात्कालिन अर्थमन्त्री विजय यादवले सचिवलाई कुटदा केही भएन त ?
कुनबेला के भयो त्यो प्रसंग उठाएर अहिले केही नगरौ । विगतमा के भयो भन्दा अहिले जुन समस्या छ त्यो हेर्नुपर्छ । सबैले यसरी गर्न थाल्यो भने देशको के हालत हुन्छ एकपटक सोच्नै पर्छ ।
एक घण्टासम्म खानेपानी आयोजना प्रमुखलाई नगर परिक्रमा गर्दा प्रहरीले समान्य वल समेत प्रयोग

नगरेकोमा प्रशासनको निकै आलोचना भइरहेको छ नि ?
त्यो दिन कहाँ गल्ती भएको छ त्यसको अनुसन्धान भइरहेको छ । दोषी जो कोही भए पनि कार्यवाही हुने नै छ ।

धनुषाको एसपीलाई यसैकारण गृहमन्त्रालयले सरुवा गरिएको भनिन्छ नि ?
यस सम्बन्धमा हामीलाई थाहा छैन । तर एसपी प्रकाश रानाभाटको ठाउँमा बसन्त रजौरे आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *