कृष्ण सिंह, रौतहट । २०७८ कार्तिक २४, बुधवार

छठ पर्वको मुख्य दिन आज मधेश लगाएत देशभर अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँएकाे छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहीवार (बिहान) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समपन्न हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी छठकाे पहिलो दिन एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गर्छन ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको ब्रतालुहरू बताउँछन् । उनिहरूका अनुसार षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *