मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार

तिहारको झिलिमिलि संगै राजधानीको नयाँ सडक फूलमय बनेको छ । चारैतिर फूलफूलको व्यापार,रंगीविरंगी बत्ती अनि सुन्दरफूलले सझाइएको पसलहरु ।
न्युरोडका पसलहरु फूलैफूलले सझाइएका छन् ।

विशेष गरी यहाँका ज्वलरी पसलहरुमा सझावटको भव्यता देख्न सकिन्छ । विशाल बजारको सटरमा रहेका पसलहरुको लवीमा विभिन्न रंगका तोरण टाटिएको छ । रंगीविरंगी बत्तीसँगै सँगै अनगिन्ती फूलहरु राखिएका छन् । यहाँका पसलहरु आफ्नै कलामा फूलहरुले सझाइएका छन् ।

न्युरोडमा विशेष सझावट गणपति ज्वलरीमा देख्न सकिन्छ । विशाल बजारको आँगनमा ज्वलरीले फूलैफूलको डिजाइनमा फूलहरु राखेर रमणिय स्थल बनाएको छ । यहाँ दिनभर आगन्तुकको भीड रहन्छ । फुलहरुसँग फोटो खिचाउने र टिकटक बनाउने युवा युवतीको भीड हुने ज्वलरीका मालिक शक्ति कुमार बेगानी बताउछन् ।

यस ज्वलरी लाखौं खर्चेर बनाएको अनुमान लगाउन सकिन्छ । दिपावली र धनतेरसका लागि सझाइउका यहाँका ज्वलरी आफ्नो व्यावसायका लागि लगानी गरेको गणपतिका मालिक बेगानीको भनाई छ ।

तिहारमा धनतेरसका दिन सुन, चाँही र हिराको व्यापारबढ्ने गरेको छ । नयाँ सडकका पसलहरुमा यस दिन गरहगना किन्नेको भीड लाग्ने गरेको छ । यीनै सुन चाँदीका ग्राहक तान्न आफ्नो पसल चलाउने प्रचलन पछिल्लो समयमा बढ्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *