मुलुक डेस्क | २०७८ कार्तिक १५ गते सोमबार

नबिल बैंकले पोखरा विश्वविद्यालयसगँ दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।


नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह रपोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (Bachelor of Entrepreneurship Development-BED Program) अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकासगर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए । उद्यमगर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयो । त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रसंसा गर्दै नबिलदिगो बैंकिङ्ग कार्यक्रमको सफलताको शुभकामना सहित यस्का लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए । उक्त कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न व्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवी साथै द्यभ्म् एचयनचबm अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिती थियो ।

नबिलबैंकले गतअसार १५ गते धान दिवशको दिन नबिलदिगो बैंकिङ्गो सुरुवात गरेको हो । । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिागे बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसानकर्जा र नबिल उद्ममशिलकर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुचन्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यम शिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि नबिल किसानकर्जा र नबिल उद्ममशिलकर्जा प्रवाहगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *