मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १५, सोमवार

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा ५.०४% ले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको वितरणयोग्य नाफा यो वर्ष ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यता, खुद ब्याज आम्दानी भने ९.८२% ले घटेर २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ५.४५% ले बढेर १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *