सुधा सिंह | २०७८ कार्तिक

हिमानी राज्य लक्ष्मी देवि शाह अर्थात पूर्व युवराज्ञी । हिमानी शाह विश्वकै सर्वाधिक सुन्दर युवराज्ञी हुन् । हिमानी ट्रस्ट मार्फत सामाजिक कार्यमा निरन्तरको सक्रियता अनि मधुर मुस्कान र आत्मियता सहितको सामिप्य भावले सबैलाई प्रभाव पार्न सक्ने विशेष र अद्म्य क्षमता युक्त व्यक्तित्व हुन्–हिमानी शाह । सौन्दर्यको आकर्षक प्रतिमूर्ति शाह नेपाली माझ सम्मानित सेलीब्रेटीको रुपमा सर्वाधिक चर्चित एवं लोकप्रिय नाम हो ।

पूर्व राजपरिवारको सदस्यकारुपमा भन्दा पनि स्वच्छ मनले सामाजिक कार्यमा समर्पित शाह नेपाली मनको पे्ररणाकी स्रोत पनि हुन् । ४५ वर्षीय शाहको जन्म भारतको राजस्थान राज्यको सिकर सयूवंशी राजपूताना राजकूलमा भएको हो । शाहको विवाह पूर्व युवराज पारस शाहसंग सन् २००० मा भएको थियो । ५ फिट ८ इन्च उचाई भएकी शाहको पूर्णिका, कृतिका र हृदयेन्द्र गरी तीन सन्तान छन् ।
सन् २०१० मा हिमानी ट्रस्ट नामक सामाजिक संस्था स्थापना गरेकी शाह त्यस उपरान्त बालबालिका, शिक्षा, स्वास्थ्य, वृद्धवृद्धा, बाढी पीडित, वातावरणीय प्रभाव एवं प्राकृतिक प्रोकप तथा मानवको गुणस्तरीय जीवनको क्षेत्रमा निरन्तर सेवा र सहयोग गर्दै आएकी हुन् ।

शालिनता र भद्रताका साथ समाज र राष्ट्र सेवामा जुटेकी पूर्व युवराज्ञी शाह बेलाबेलामा सामाजिक समारोहहरु आयोजन गरी नागरिकसंग प्रत्यक्ष भेटघाट एवं संवाद पनि गर्ने गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *