मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०९, मंगलवार

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिसद्को बैठकले क्षेत्रीलाई महानिर्देशकमा नियुक्त गरेको हो।

संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई महानिर्देशक बनाएको हो। प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोख्रेलले अनिवार्य अवकाश पाएपछि क्षेत्रीले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

निगमको कार्यकारी अध्यक्षमा अधिकारी
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्ति गरेको छ। अधिकारी निगममा ३४ वर्ष सेवा गरी निवृत भएका थिए। सरकारले यसअघि अध्यक्ष रहेका सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *