मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार

अविरल वर्षाको कारण विराटनगर विमानस्थल जलमग्न बनेको छ् । विमानस्थलमा केशलिया खोलाको बाढी पसेको छ। विमानस्थलभित्र बाढी पसेकोले हवाई उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए।

‘विमानस्थल गेटेदेखि जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ सूचना अधिकारी भण्डारीले भने, ‘यहाँ भित्र कम्तिमा ३ देखि ६ फिटसम्म पानी जमेको छ। पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो। विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन्। उडान अवरुद्ध भएपछि बुधबार बिहान काठमाडौं जाने टिकट काटेका यात्रुहरु लामो दुरीका सवारी साधन रिजर्भ गरेर गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *