मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३१, आइतवार

पाल्पाको रामपुरमा पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ ।

बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका-५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ- फनपार्क ।

विद्यालय बिदाको समय र दसैँपर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ । पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् ।

खेलकूदका लागि प्रतिव्यक्ति रु ५० र अवलोकनका निम्ति प्रतिव्यक्ति रु २० प्रवेश शुल्क तोकिएको छ ।

स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करिब रु ४० लाखको लगानीमा उक्त फनपार्क सञ्चालनमा ल्याएको हो । एक महिनाअघि देखि सुरु भएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् ।

रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक गोविन्द पाण्डेले बताए । ‘बालबालिकालाई बिदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुँदा उनीहरुलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *