मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २९, शुक्रवार

अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट हुँदा कम्तीमा ९० जना घाइते भएको स्रोतले जनाएको छ।

विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ। विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *