राजन झा, जनकपुरधाम । २०७८ आश्विन २७, बुधवार

“योग र आर्युवेद” स्वस्थ जीवनका लागि अति महत्वपूर्ण रहेको सन्देश दिदै जनकपुर जेसिजले नवरात्राको अवसरमा जडिबुटीको विरुवा वितरण कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रमका जसपा प्रदेश नंं २ का उपनेता रामअशिष यादवले योग र आर्युवेदका विकास राज्यले नीति बनाएर लागु गर्नुपर्ने कुरा बताए ।

यादवले प्राचीन मानव सभ्यताको समयमा र वर्तमान अवस्थामा आर्युवेदको विशेष महत्व रहेको कुरामा जोड दिए ।प्राकृतिक जडिबुटी निर्यात गरि सकल घरेलू उत्पादमा बृद्धि हुने देश नेपालमा राज्यले दुर्लभ जडिबुटीहरुको संरक्षण तर्फ विल्कुलै ध्यान नदिएको कुरा उनले उल्लेख गरे ।

जेसि कमल बहादुर राजलवटको सहयोग र संयोजनमा लेमनग्रास,पत्थरचाटा,गुर्गुज सहित जडिबुटी मिश्रणबाट तयार गरिएको काढा वितरण अभियान थालिएकोको पनि बताए ।

जनकपुर जेसिजका अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह र योगगुरु विमल पंडित लगायतका अतिथिहरु सहभागी थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *