मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २४, आइतवार

नेपाल सरकारले भारतसँग खरिदका लागि फागुनमा बुझाएको अग्रिम भुक्तानी रकम बराबरको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ ।

नेपाल सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिना पछी हिजो आएको छ् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो ।

खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *