राम अधार साह, महोत्तरी । २०७८ आश्विन २१, बिहीवार

श्री दुर्गा पूजा समिति मनराद्वारा बडा दशैंको शुभ अवसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै शान्ति शोभा कलश यात्राको आयोजना गरेको छ् । एतिहासिक नगरी मनरामा शताब्दियौ देखि दुर्गा पूजाको अवसरमा मुर्ति बनाई पूजापाठ र मेला लाग्ने प्रचलन रहेको छ् ।

घटस्थापनासँगै साँस्कृतिक नगरी मनराशिसवा नगरपालिका १ मनरामा दूर्गा पूजाको उल्लासमय माहौल छ। दूर्गा पूजा समिति मनराले प्रत्येक वर्ष धुमधामका साथ बडादसैंको शुभ अवसरमा दूर्गा माताको पूजा आयोजन गर्दै आएको छ् ।

कलश यात्रामा मनराशिसवा नगरपालिका प्रमुख संजयकुमार सिंह, उप-प्रमुख रमिता प्रधान विभिन्न पार्टीका पार्टी प्रतिनिधि, श्रद्धालुभक्त लगायत विभिन्न क्षेत्रका महानुभाव तथा महिला-बालवालिकाहरु सहभागी रहेका थिए ।

घरघरका कुमारी केटीहरु कलश यात्रामा सहभागी हुन्छन्। पोखरीबाट माटोको घैंटोमा जल ल्याइ दूर्गा मन्दिरमा राखिन्छन्। त्यसपछि विधिपूर्वक जमरा राखिन्छ। कलश यात्रामा हजारौं स्थानीयको उपस्थिति रहेको थियोे ।

बाजागाजा सहित झाँकी प्रदर्शन गर्दै कलश यात्रामा समापन्न भएको थियो। सम्पूर्ण कलश यात्री कुमारीको भोजनको प्रबन्ध र दक्षिणाको व्यवस्था सहित विदाई गरिएको जानकारी पूजा समितिको अध्यक्ष अमोद सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *