जनता हैन जन्तु

सुभाषकुमार कर्ण | २०७८ आश्विन १३, बुधवार

जनता हैन जन्तु छ, चुप लगाएर बस्नु छ
नेताको बोलबाला छ जनता मुकदर्शक छ
के बोलुन बिचरा जनता सुन्ने कोइ नेता छैन
चोर फटहा हरु को चारै तिर मस्ती छ

बिहान हल्ला गर्छन जनता भ्रष्टाचार को
दिउँसो दात कोट्याउदै भेटछन दारु भट्टीमा
नेताको सबै सन्तान राज गरून् वर्सौ वर्सौ यो धर्तीमा
फेरि सहिद बनुन जनताको छोरा यो देशमा

फेरि कुनै मुद्दा उठाएर आन्दोलन गर्न लगाउछन
जातजाती को नारा दिई मर्न लगाउछन एक आपसमा
मर्ने छन फेरि जनता हरु आगो ताप्छन इ नेता हरु उनको चितामा
दिएर सहिद को हवाला आफ्नो कुर्सी जोगाउने छन

सरकारी सुबिधा लिन लाई आफ्नै परिवार लाई अगाडि बढाउनेछ्न
गएर खोज सबै नेता को घरमा सबै सरकारी सुबिधा मा छन
सहिद को घरपरिवार आँसु बगाइ अझै आफ्ना लाई सम्झिदैछ्न
तिमी ले बन्दुक बोक्यो गोलि खायो आफ्नै छातिमा

घरमा दिदिबहिनी आमा पत्नी रोइन तिम्रो बिछोडमा
नेता का दिदिबहिनी आमा पत्नी मोज गर्दैछ्न तिम्रो शाहदतमा
नैतिकवान कहिले नेता बन्न सक्दैन चरित्रवान कहिले भ्रष्टाचारि
जब यो दुबै गुन भेटिन्छन मानवमा त्यो बन्छन नेता ब्रह्मचारी

फेरि पनि न लाग्नु यि धोखेबाज नेताहरुको कुरामा
अब को आन्दोलनमा अगाडि बढाउनु नेता को घर परिवारलाई
हजार पाँच सयमा न बिक्नु तिमी आउने चुनावमा
तिमी पनि बस्ने काबिल हुन सक्छौ नेता बस्ने ती कुर्सीमा

चिनी राख आफ्नो स्वार्थ पूरागर्न पार्टी फोडदै हिडने नेतालाई
यस्ता नेता को कुनै बिचार नीति हुदैन आफ्नो सता जोगाउनलाई
तिमी किन कुनै नेताको मान्छे
बनी हिडछौ लाठी खानलाई

सुभाषकुमार कर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *