कृष्ण सिंह, सर्लाही । २०७८ आश्विन १०, आइतवार

मगही भाषाका अगुवाहरुले २०७८ सालको राष्ट्रिय जनगणनामा आफ्नो भाषा मैथिलीको सट्टा मगही लेख्न अनुरोध गरेका छन् ।

कविर पथ धर्मसभा नेपाल सर्लाहीका जिल्ला प्रतिनिधि महात्मा बिजय महतोको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष महात्मा आलोक साहेवको प्रमुख आतिथ्यतामा सनिवार सर्लाहीको बरहथवामा आयोजित वृहद कविर पथ धर्म जिल्ला सम्मेलनमा बोल्दै उहाँहरुले यस्तो आग्रह गरेका छन् ।

नेपालका करिब ३० लाख जनसंख्याले मगही भाषा बोल्ने गरेको भएपनि २०६८ सालको जनगणनामा मात्र ३५ हजारले मगही भाषी भएको लेखेका थिए । पिछडा वर्गहरुले बोल्ने मगही भाषा बारे स्वयं जनता नै सचेत नहुँदा मगही भाषा संरक्षण हुन नसकेको भाषा अभियन्ताहरुले जानकारी दिएका थिए ।

कविर पथ धर्मसभा नेपाल सर्लाहीले बरहथवा नपा वडा न-९ स्थित एजुकेसन होम माद्यामिक विद्यालयको प्रांगणमा आयोजना गरिएको वृहद कविर पथ धर्म जिल्ला सम्मेलनका सहभागी मगही भाषा अभियन्ताहरुले भाषा, संस्कृति र कविर पथ धर्म पहिचान प्रति संवेदनशील हुन आग्रह गर्दै भाषा र संस्कृति लोप भए पहिचान नै गुम्ने खतरा औल्याएका थिए । सम्मेलनमा भाषा अभियन्ताहरुले मगही भाषा संरक्षणका लागि राज्यले सहयोग नगरेको गुनासो गरेका थिए ।

जिल्लाभरीका सन्त,महन्त ,सक्रिय महात्मा,साधु साधवी ,सामाजिक संघसंस्थाका प्रतिनिधि तथा प्रदेश न-२ का जिल्लाहरुबाट आएका कविर पथ धर्म एवं मगही भाषा अभियन्ता लगायतहरुको सहभागिता रहेको कार्यक्रमको संचालन बहुजन महापुरुष अमरवाणी कृति प्रचार प्रसार नेपाल प्रमुख भुपानन्दले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *