मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ८, शुक्रवार

नबिल बैंकले धादिङ्ग जिल्लाकँ गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासंग दिगाे बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेकाे छ ।


गल्छी गाउँपालिकामा नबिल बैंककाे तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाकाे तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।


कार्यक्रममा बँल्दै नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा राेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङ्गले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याइ गाउँपालिकाको बिकासमा सहयाेग गर्न सबैलाई आग्रह गरे । गल्छी शाखालाई नबिलदिगो बैंकिङ्ग पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसंग गाउँपालिकाकँ विकास र राेजगारी सिर्जनामा संगै हातेमालाे गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेकाे बताए। उक्त कार्यक्रममा दिगो बैंकिङ्ग परामर्शदाता राजु नेपाल, नबिल बैंकको बाग्मती प्रदेश अन्तर्गत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वलकुमार सुवेदी, नबिलदिगो बैंकिङ्गका प्रबन्धक लिलाप्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिका बासीहरुको उपस्थिती थियो ।


नबिल बैंकले गतअसार १५ गते धान दिवशको दिन नबिलदिगो बैंकिङ्गको सुरुवात गरेकँ हो । सरकारको दिगो बिकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेको हो। कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासकँलागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालनगरि बैंकले नबिल किसानकर्जा र नबिल उद्ममशिलकर्जा प्रवाहगर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *