Will you get a personal loan if your company is not listed? - MyMoneySouq  Financial Blog

अनुषा थापा, भक्क्तपुर | २०७८ आश्विन ८, शुक्रवार

बैंक फाइनेन्स अर्थात वित्तिय संस्थाहरुले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफुखुसी व्याज बढाउने गरेको छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बृद्धि गर्ने जस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तिय संस्थाहरुले यस्तो रणनिति अपनाएको हुन् ।

वित्तिय संस्थाहरुले व्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य गर्नु उचित देखिदैन् । कर्जा लिएकालाई सहुलियत दिनुपर्ने ठाँउमा वित्तिय संस्थाहरुले उल्टो व्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाइदिएका छन् । मान्छेले आफ्नो अचल सम्पत्ति बैकं फाइनान्सको नाममा पास गरेर ऋण लिएका हुन्छन् ।

व्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन अनि त्यसको भएको जति सम्पत्ति हत्याउन सकिन्छ भनेर बैंकफाइनान्सले यस्तो नराम्रो काम गरेको हुन्छन् । जनतालाई डुबाएर वित्तिय संस्थाहरुले लथालीङ्ग बनाइ दिएको छ । तोकेको समयमा कर्जा तिर्न सकेन भनेर पत्रपत्रिकामा प्रकाशित हुन्छ र भएको धितो लिलाम गर्छ । यसका वावजुद सहकारी विभाग कानमा तेल हालेर बसेको छ । वित्तिय संस्थाहरुले यसरी जनता ठग्दा पनि अनुगमन किन गरिएन त ? राष्ट्र बैंकले पनि यसमा ध्यान दिएको छैन् । अर्थ मन्त्रालयको त कुरै नगरौ ?

हामीले बैंक फाइनान्समा पैसा राख्छौ तर व्याज निकै न्यून पाउँछौ । जबकी हामीले डिपोजिट गरेजतिको रकम बराबर कर्जामा लियौ भने त्यसको डबल व्याज तिर्नु पर्छ । बैंक फाइनान्सबाट कर्जा लिएर काम गर्ने अधिकांश मान्छेहरु डुबेकै छन् । वित्तिय संस्थाबाट धेरै लोन खाने मान्छेहरुले नै बैंक फाइनान्सले हामीलाई डुबायो भन्छन् ।

New Bank Licensing Policy, 2013 – article1000.com

वित्तिय संस्था भनेको पुँजीपति, सामन्ती र शोषकले चलाएको दलाली संस्था हो भन्दा फरक न पर्ला ? भन्ने प्रश्नहरु उठ्न थालेको छ । पहिला–पहिला गाँउघरतिर १ हजार रुपिँयाको ३ हजार व्याज लिने सरहमा नै अहिलेका वित्तीय संस्थाहरु परेको देखिन्छ । सेवा शुल्क लिएर मँहगो व्याजमा पैसा दिने तर हाम्रै धितो सम्पत्ति रोक्का गर्ने । उनीहरुको नाममा पास गरेपछि मात्र लोन पाइन्छ । व्याज तिर्न नसकेपछि वित्तिय संस्थाहरुले धितो लिलाम गर्दछन् । यसरी वित्तिय संस्थाहरुले करोडपतिलाई रोडपति बनाएको प्रशस्त उदाहरणहरु समाजमा भेटिन्छ ।

बैंक फाइनान्सका सञ्चालकहरु ठग नै हो ! यिनीहरुको व्यक्तिगत सम्पत्ति छानबिन गरेर कानुनको दायरामा ल्याउनै पर्छ । एउटासंग सस्तो व्याजमा ल्याएर पैसा डिपोजिट गर्न लाउने अर्कोलाई त्यही पैसा मँहगो व्याजमा लगाउने । त्यही भएर त बैकं फाइनान्सको कर्मचारी र बैंक मोटाएका छन् ।
अरुलाई सडकमा पुर्याएर आफुचाँहि आरामसंग घरमा बसेको छन् । बाहिरबाट हामीले सेवा दिएको भनेर विज्ञापन गरेका छन् तर यिनीहरुको खेल भित्रभित्रै अर्कै स्वरुपको छ । हामीले बैंक फाइनान्समा पैसा राख्दा ग्यारेण्टी स्वरुप डिपोजिट स्लीप बाहेक के पाएको छौं । तर बैंकले त्यही पैसा लोन बापत दिंदा ग्राहकले तीन पुस्ते विवरण, नागरिकता, ल्यापचे, साक्षी सहित धितो पनि राख्नु पर्ने । त्यति नै पैसा ऋण लिनको लागि भएभरको प्रकृया पुरा गर्नुपर्छ । आफ्नो भएको जति अचल सम्पत्ति धितो राख्दा पनि हैरानीको पापड बैल्नैपर्छ । सहकारी विभाग वा सहकारी मन्त्रालयले आर्थिक लेनदेनमा जस्तो पनि मानिसहरुलाई बैंक फाइनान्स सहकारी दर्ता गर्ने अनुगमन दिन्छ । तर दर्ता गरेपछि अनुगमन गर्ने प्रचलन भने न्यून छ ।

बैंक फाइनान्सको हरेक वर्ष साधारण सभा हुन्छ । सहकारीहरुले साधारण सभा गर्दा सहकारी विभागको कर्मचारी, सरकारी कर्मचारी, कार्यालय प्रमुख, राजनितिक दलका नेताहरु, मेयर पनि उपस्थित हुने गरेको छन् । राजनितिक दलहरुले नै जनता ठग्ने सहकारीहरुको कार्यक्रम र साधारण सभा उद्घाटन गर्ने गरेका छन् । कार्यक्रममा जाने गलाभरि माला लाउने । त्यही जनता ठग्ने सहकारीको सञ्चालकहरुको भाषण सुन्ने । राजनितिक दलदेखि लिएर मेयर, वडाध्यक्ष सबैको काम नै यही हो ।

जनमोर्चाको अध्यक्ष चित्रबहादुर के.सी. जब सहकारी मन्त्री थिए । उनले भनेको सत्य कुरा कतिलाई आज पनि याद नै होला । जनता ठग्ने, कालोधन्दा गर्ने कालो रकमलाई सेतो रकम बनाउने काम गर्छन् । म जनता ठग्ने सहकारीको साधारण सभा उद्घाटन गर्न जान्न भनेर चित्र बहादुर के.सी.ले प्रष्ट भनेका थिए । यद्यपी सहकारी महासंघले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर त्यो कार्यक्रमको उद्घाटनमा ल्याए । सहकारीको पहुँच माथि सम्म छ ।

जनता ठग्ने सहकारीलाई साथ दिने नै नेताहरु हुन् । चित्र बहादुर केसीले भन्थे मलाई सुटकेस लिएर भेट्न आउथे तर म उल्टै फर्काइदिन्थे । सहकारी संस्थालाई कारबाही गर्नुपर्छ भन्दा त्यस्तो सहकारीहरुको साधारण सभामा उद्घाटन गर्न जान्न भन्दा सहकारी व्यवसायीहरुको सहकारी महासंघ छ । सहकारी महासंघमा बस्नेहरु राजनितिक पार्टीको झोला बोकेर महिनैपिच्छे पैसा उठाउँछन् । सहकारी विभागलाई सहकारी महासंघले कारबाही गर्न दिदैन् ।

हरेक क्षेत्रमा राजनीतिक संघसंस्था खाल्ने काम बन्द नहुन्ञ्जेल विकास होइन विनाश हृन्छ । वित्तीय संस्थाहरु देशैभरि वा उपत्यकामा च्याउ उम्रेसरी उम्रिरहेको छ । बैक फाइनान्सको सञ्चालकहरु जनताले राखेको पैसाले जग्गा किन्छन् । सस्तोमा किनेको जग्गा प्लानिङ्ग र प्लटिङ्ग गरेर मँहगोमा बेच्छन् । वित्तीय संस्थाहरु पैसा बेच्ने व्यापारी हुन् । जनतालाई थोरै दिई जनताकै पैसाबाट मोजमस्ती गरेको छन् । जनताको पृँजी र लगानीको हिसाबकिताब देखाउदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *