“नबिलदिगो बैंकिङ र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया”

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ६, बुधवार

नबिल बैंक र नेपाल उद्याेग परिसंघ–वूमन लिडरसिप फाेरमले महिला उद्यमीहरुका लागि नबिलदिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताकाे लागि चालेका कदमहरु र उपलब्ध कर्जाकाे बारेमा जानकारी गराएकाे थियो । लिडरसिप फाेरमको संयाेजक छाया शर्मा, सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह समेत उपस्थित भएको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती थियो ।


कार्यक्रमको सुरुवात गर्दै संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस भन्ने कामना गरिन । साथै उनले वित्तिय पहुँच सङसंगै वित्तिय साक्षरतालाई पनि अगाी बढाउन सुझाव दिइन । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पुर्याएर त्यहा उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए ।

कार्यक्रमको समापन गर्दै नबिल बैंकको संचालक समेत रहेकि आशा राणा अधिकारीले यस कार्यक्रमले नबिलदिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयाेग गर्ने र आउदा दिनमायसलाई अझ बढाउदै लगिने बताइन । नबिल बैंकले गतअसार १५ गते धानदिवसको दिन नबिलदिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *