मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ६, बुधवार

कृषि विकास बैंकले पुर्वि रुकुममा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको रुपमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्धघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत उपाध्यायले यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई आग्रह गरे । उनले उक्त क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले ।तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको वैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताए ।

हाल यस क्षेत्रका करिब ५०० भन्दा वढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोवार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *