मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को घोषणा गरेको हो।

सो कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा मङ्गलवार यो जीवन बीमा योजना सार्वजनिक गरिएको हो। यस बीमा योजनाको मुख्य विशेषता परिवारको एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले संचालनमा ल्याएको कम्पनीले जनाएको छ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरू जस्तै: दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग/अशक्त सुविधा र बीमाशुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएता पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँ देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ ।

सो अवसरमा कम्पनीका सञ्चालकहरू सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्युत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईँ लगायतको उपस्थिति रहेको थियो।

यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोड भन्दा बढी रहेको छ । साथै यस कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीहरूलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ भने ग्राहक वर्गहरूको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनाहरू समेत ल्याउने योजना रहेको छ । हाल सम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रीमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *