मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार

नेपाल सहकारी संस्थाले संचालनको २५ औं वार्षिकोत्सव अर्थात् रजत महोत्सवपश्चात नै धमाधम शाखा विस्तार गर्ने क्रममा आज बाट न्युरोड सेवा केन्द्र संचालनमा ल्याएको छ् ।

न्युरोड पिपलबाेट अगाडि अति सुविधासम्पन्न भवनमा आज बाट सेवा केन्द्र संचालनमा आएको जानकारी संस्थाका कार्यकारी अध्यक्ष राकेश कुमार सिंहले जनाएका छन । भव्य समारोहको बीच सम्पन्न उक्त कार्यक्रमको समुदघाटन सर्वोच्च अदालतका पुर्व न्यायाधीश पुरुषाेत्तम भण्डारीले गरेका थिए ।

न्युरोडको बहुसंख्यक व्यवसायिक ग्राहकलाई छिटाे छरितो सेवा प्रदान गर्ने उदेश्यले सेवा केन्द्रको बिस्तार गरेको संस्थाको महाप्रबन्धक शोभा श्रेष्ठले बताईन । सर्व सुलभ दैनिक बचत देखि कर्जाको सरल प्रवाह रहेको समेत उनले बताईन ।

सम्पुर्ण वित्तीय कारोवारको थलो नेपाल सहकारी संस्था लिमिटेडलले मोबाइल बैंकिक तथा प्रभु मनि ट्रान्स्फर सेवा समेत उपलब्ध गराउदै आएको जानकारी संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरीले दिए ।

डिजिटल प्रविधि मार्फत भविष्यमा सम्पुर्ण सेवा प्रवाह गर्ने लक्ष्य रहेको यो संस्थाले थप शाखा बिस्तार गर्दै जाने योजना रहेको बताउँछिन संस्थाको प्रशासन अधिकृत पुष्पा केसी । उक्त उद्घाटन कार्यक्रममा न्युरोडका ब्यापारीहरु, अतिथिको रूपमा नेपाल सरकारको अधिकृत विजय कुमार सिंह, उद्योगी अमर किशोर सिंह र जय कुमार सिंह, वरिष्ठ पत्रकार बिएम आचार्य, प्रसिद्ध चित्रकार अजय देशार लगायत सर्व साधारणको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *