मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३, आइतवार

ताप्लेजुङका भरतमणि पौडेल नयाँ ‘कमेडी च्याम्पियन’ बनेका छन् । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि उनले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि जितेका हुन्।

उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *