कृष्ण सिंह, रौतहट । २०७८ अश्विन १, शुक्रवार

रौतहटमा बिहिबार पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका-७ स्थित निमार्णाधिन स्थानिय वडा अध्यक्ष जगरनाथ मुखियाको पोखरिमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । सोहि वडा अध्यक्ष मुखियाको निर्माणधिन पोखिरीमा घुँगी संकलन क्रममा मृत्यु भएको छ ।

घुँगी संकलन गर्न जाँदा सोही पोखरीमा मृत्यु भएको स्थानियले प्रहरीलाई खबर गराएका थिए । खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीको टोली लगाउत स्थानियहरुको सहयोगमा शवलाई पोखरीबाट बाहिर निकाली शवको जाँच मुचुलका सम्पन गरि शवलाई पोष्ट माटमको लागी जिल्ला अस्पताल गौर पठाएको डिएसपी भण्डारीले जनाएको छ।

मृत्यु भएको कटहरिया नगरपालिका ६ बस्ने रामकेवाल महतोको १० बर्षीय छोरी निशु कुश्वाहा र बृन्दावन नगरपालिका –२ बस्ने जंग बहादुर पटेलको अन्दाजी १४ बर्षिय छोरी मुस्कान कुमारी पटेल रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले जनाएका छन ।

घटना सम्बन्धि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्री राम भण्डारी जानकारी गराएका छन । गत मंगलबार बौधिमाई नगरपालिका–५ कोपवामा जमेको पानिमा डुबेर एक २ बर्षिय बालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *