मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार

एजेन्सी । एप्पलले मंगलबार क्यालिफोर्नियामा भर्चुअल कार्यक्रम मार्फत नयाँ उत्पादनहरु आईप्याड, आईप्याड मिनी, एप्पल वाच श्रृंखला ७, आईफोन १३ श्रृंखला सार्वजनिक गरेको छ ।

एप्पलले आफ्नो नयाँ आईफोन पुरानो मोडेलभन्दा धेरै उन्नत बनाएको दावी गरेको छ । भारतमा आईफोन १३ मिनी र आईफोन १३ को बिक्री सेप्टेम्बर २४ बाट शुरु हुनेछ । आईफोन १३ प्रोको बिक्री अक्टुबर ३० र आईफोन १३ प्रो मैक्सको नोभेम्बर १३ बाट शुरू हुनेछ । 

एप्पलले आईफोन १३ सिरिजका ४ मोडल सार्वजनिक गरेको छ। यसमा आईफोन १३ मिनी, आईफोन १३, आईफोन १३ प्रो र आईफोन १३ प्रो मैक्स रहेको छ ।

आईफोन १३ मिनी र आईफोन १३ एक श्रेणीमा राखिएको छ । आईफोन १३ मिनीमा ५.४ इन्चको सुपर रेटिना XDR OLED डिस्प्ले र रिजोलुशन २३४०x१०८० पिक्सेल रहेको छ । दुबै मोडेललाई राउन्ड शेप डिजाइन दिइएको छ । दुबै मोडेलहरुमा १२ मेगापिक्सेलको डुअल रियर क्यामेरा छ र सेल्फीको लागी १२ मेगापिक्सेल लेन्स पनि छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *