मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार

गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरुआत गर्ने घोषणा गरेको छ ।

दुईवटा बिचक्राफ्ट र थप गरिएका पाँचवटा जेटस्ट्रिम जहाजसहित सातवटा विमानबाट उडान शुरू गर्न लागेको कम्पनीले जनाएको छ । असोज १ देखि आन्तरिक हवाई सेवा सुचारु गर्ने र यसका लागि टिकट बुकिङसमेत खुल्ला गरिएको एयरलाइन्सका बजार तथा बिक्री प्रमुख प्रज्ज्वल थापाले बताए ।

उनका अनुसार शुरूमा काठमाडौंबाट पोखरा र भरतपुर उडान गर्ने भएको छ । त्यसपछि सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगञ्ज, सुर्खेत र विराटनगरमा उडान गर्नेछ ।

दशैंलाई लक्षित गर्दै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई सेवा दिने तयारीमा रहेको थापाले दाबी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *