मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २१, सोमवार

असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालयहरु खुला हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आज सोमवार निर्णय गरेको हो ।

‘स्वास्थ्य मापदण्ड पालना गरेर हरेक स्थानीय तहलाई असोज १ गतेदेखि विद्यालय खुला गराउने सम्बन्धनमा निर्णय भएको छ,’ प्रजिअ अधिकारीले जनाए । बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय खोल्ने निर्णय गर्न सक्ने समेत उनले बताए ।

बैशाख ७ गते देखि बन्द उपत्यकाका विद्यालयहरु झण्डै ५ महिना पश्चात् खुल्ने भएको हो । कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा समेत विद्यालयहरु खुला भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *