मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार

नबिल बैंकले कुनै न कुनै नविन्ँतम काम गर्दै आईरहेको छ । यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न “नबिल डिजी वर्क स्पेस” ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्क स्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागजविहिन कामगर्ने वातावरण अबको आवश्यकता हो भने । सोही कार्यक्रममा निमित्त प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्क स्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, को सँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्ने छन। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ ।
अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृयाबिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायँनुकुल सेवाप्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसे ढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *