मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार

बिग बी अर्थात् अमिताभ बच्चन आफ्नो आगामी फिल्म “उचाइ” को सुटिङका लागि नेपाल आउने तयारीमा छन् । सुरज बडजात्यको फेमिली ड्रामा उचाइमा उनी संगै बोमन इरानी र अनुपम खेर पनि महत्त्वपूर्ण भूमिकामा देखिने भएका छन् । 

नेपालमा छायांकन गर्ने तयारी गरिएको यो सिनेमा सुटिङका लागि यही अक्टोबर महिनामा अमिताभ नेपाल आउने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । बच्चन करिब ४० देखि ४५ दिनसम्म नेपालमै बसेर सुटिङ गर्नेछन् । 

सो फिल्मको केही भाग भने भारतको मुम्बई र दिल्लीमा हुने बुझिएको छ । अर्को साल २०२२ को मध्यतिर सिनेमा हलमा रिलिज हुने अनुमान गरिएको यो फिल्मको विषय निकै नै आकर्षक रहेको बुझिएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसमा मित्रताबारे निकै रोचक कथा प्रस्तुत गरिएको छ । यो सिनेमामा नायिका निना गुप्ता समेत रहने छिन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *