मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार

नेपाल राष्ट्र बैंकका अनुसार नेपालभर बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने १० हजार ६८३ पुुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या ४ हजार ७५३, विकास बैंकहरुको १ हजार २३, फाइनान्स कम्पनीहरुको २२२ र लघुुवित्त वित्तीय संस्थाहरुको ४ हजार ६८५ वटा शाखाहरु सञ्चालनमा छन् । राष्ट्र बैंकका अनुसार यसअघि २०७७ असार मसान्तमा यस्तो संख्या ९हजार ७६५ रहेको थियो ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले ७५० स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहहरुमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका हुुन् । सो अनुरुप अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या ३ मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीनवटा जिल्लाको तीन स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *