मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार

कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकको मुख्य कार्यालय रामशाहपथको आयोजनामा नेपालका ख्याति प्राप्त राष्ट्रिय हास्यव्यङ्ग कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समता शैक्षिक गुठीका संचालक उत्तम संञ्जेललाई पाँच लाखको चेक हस्तान्त्रण गरेका हुन् ।

उक्त कार्यक्रममा कलाकरद्धय श्रेष्ठ र आचार्यलाई बैकको तर्फबाट दुवैको सुस्वास्थ्य तथा दिर्घायूका कामना सहितको सम्मान समेत गरिएको थियो । आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु बैंकका फिल्ड स्थित प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पुर्याएको योगदानको प्रसंशा गरको छ ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *