मुलुक डेस्क, ललितपुर । २०७८ भाद्र १३, आइतवार

ललितपुर पाटनअवस्थित कृष्ण मन्दिरमा सोमबार कृष्णाष्टमीका दिन भक्तजनलाई पूजाका साथै दर्शन गर्न रोक लगाइएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने गरेकोले कोरोना महामारीको कारण सोमबार सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाएको मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए ।

भाद्र १४ गते सोमवार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । सोमवार सरकारले देश भरि सार्वजनिक बिदा दिएको छ् ।

सोज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ ।

कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्र युनेस्को विश्वसम्पदा क्षेत्रमा पर्दछ साथै विश्वहस्तकला परिषद्ले ३५ औँ कला नगरीसमेत घोेषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *