मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार

फोर्स मोटर्सको चर्चित एसयूभी गुर्खाको टिजर सार्वजनिक गर्दै नयाँ जेनेरेशन मोडल तयार भएको कम्पनीले जनकारी दिएको हो ।
सन् २०२१ को सुरुवातमा बजारमा आउने अपेक्षा गरिएको नयाँ गुर्खा कोभिड – १९ महामारीको कारण रोकिएको थियो । कम्पनीले पहिलो पटक २०२० अटो एक्स्पोमा यसलाई देखाएको थियो ।

विशेषत अफरोड ग्राहक लक्षित गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार, सुजुकी जिम्नी जस्ता मोडलसँग हुने देखिन्छ । नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, नयाँ डिजाइनको ह्वील जस्ता फिचर समावेस गरिएको छ ।

बल्की डिजाइन, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ । साथै, नयाँ ड्यासबोर्ड, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

नेपाली बजारमा फोर्सका कमर्शियल गाडीहरु विक्री वितरण हुँदै आएका छन् भने नयाँ जेनेरेशन गुर्खा पनि ल्याउन पहल भइरहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *