कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ११, शुक्रवार

    सशस्त्र प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न–६, त्रिभुवननगरबाट एक स्थानीय शिक्षकको घरमा भण्डारण गरेर  राखिएको ठुलो परिमाणको पटाखा बरामद गरि नष्ट गरेको छ ।

   सशस्त्र प्रहरीको टोलीले मंगलबार राती भारतबाट लुकाइछिपाई ल्याएर त्रिभुवननगरका एक ठाकुर भन्ने एक स्थानीय शिक्षकको घरमा १२ वटा बोरामा पोका बनाएर भण्डार गरि राखिएको करिव ३ लाख मूल्य बराबरको  पटाखा  बरामद गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

 बरामद भएका पटाखाहरु  सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *