कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ११, शुक्रवार

  सर्लाहीको गोडैता नगरपालिका वडा न-६ बगदहमा १० जना छात्राहरूलाई साइकल वितरण गरिएको छ । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत बगदह स्थित  श्री रामजानकी आधारभुत विद्यालय र गोडैता न.पा को वडा न- २, जयपुर स्थित श्री जनता माध्यमिक विद्यालयमा अध्यनरत   ५०/५० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ् ।

 श्री रामजानकी आधारभुत विद्यालयका प्रधानाध्यापक रमाशंकर प्रसाद कुशवाहा सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सर्लाही क्षेत्रनं-४ (ख) प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहाले  कक्षा ८ मा अध्यायनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।

बिहिवार आयोजित उक्त साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव, उपमेयर अंजना कुशवाहा, शिक्षा इकाई प्रमुख रामाअधार सिंह कुशवाहा, नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव, सुनिल कुशवाहा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षकलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *