मुलुक डेस्क, रौतहट । २०७८ भाद्र ०८, मंगलवार

निर्दाेष पत्रकारलाई षडयन्त्र गरी फसाएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह समेत संलग्नता देखिए पछि शाहलाई प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको छ ।

गत साउन ३२ गते निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा एसपी शाहको समेत संलग्नता रहेकोले उनीमाथि छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने भएको हो । घटनामा संलग्नता देखिएकाले शाहलाई प्रदेश प्रहरी कार्यालयमा तान्ने गरी उनको ठाउँमा नयाँ एसपी पठाउने तयारी गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार घटनामा शाहको संलग्नताबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति बनाएको छ । समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहने छ ।

निर्दाेष साबित भएर रिहामुक्त भएका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनेछ ।

यस्तै, मोजिबुल्लाहलाई लागूऔषधमुदामा फसाएका धिरज यादव र जितेशकुमार यादवमाथि हाल अनुसन्धान भइरहेको छ भने प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *