मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र ०६, आइतवार

देशभरि र विशेषत: तराई मधेशमा आज भाई–बहिनीको प्रेमको प्रतीक स्वरुप “रक्षा–बन्धन” पर्व विधिवत रुपमा मनाइदै छ ।

साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा राखी वा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्परा रहेको छ् ।

रक्षासूत्रसँगै मिथिलानञ्चल दाजुभाइलाई मिष्ठान्न र परिकार खुवाउने चलन छ् । पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मधेशमा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् ।

मधेशको सबै क्षेत्रमा आज दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ् । हिन्दू मैथिल परम्पराको यो पर्व कै दिन जनैपूणिर्मा पनि पर्ने गर्दछ । सनातन वैदिक धर्म र परम्परा अनुसार हिन्दु ब्राह्मण एवं क्षत्रियले जनै लगाउने वा फेर्ने चलन रहेको मान्यता तथा बिश्वास छ् । समय संगै सबै भाषाभाषी र धर्म समुदायमा पनि रक्षा–बन्धन उत्तिकै लोकप्रिय बनेको देखिन्छ । मधेशमा साउन शुक्लपक्ष सुरु भएसँगै यस पर्वको तयारी सुरु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *