मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार

सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि बिदा दिइने निर्णय गरेको छ ।

त्यसैगरी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गरेको छ भने नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरी स्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी गरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *