बद्री नाथ झा, जनकपुर । २०७८ भाद्र ०२, बुधवार

काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता भएको छ ।

ठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ पार्टीको नाम जसपा (लोकतान्त्रीक) रहको छ । त्यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह साइकल राखिएको छ। २३ जना केन्द्रीय कार्यकारिणी सदस्यकाे समितिमा एकल अध्यक्ष महन्थ ठाकुर रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *