मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २८, बिहीवार

चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्धिन खाँले नागरिक अनलाइनलाई बताए ।

केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थन सहित गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।

अल्पमतमा परेपछि नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट हिजो (बुधबार) राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमाेजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए ।

गठबन्धनमा नेपाली कांगेसका १९,माओवादी केन्द्रका १८,जसपाका ३ र जनमोर्चाका १ जना गरी ४२ जना सांसद रहेका छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका सांसद अजय शाही समेत मिसिएका छन् । गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदै छ । आजै अपरान्ह साढे ४ बजे सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

काँग्रेसबाट डिल्ली चाैधरी,जसपाबाट सहश्राम यादव मन्त्री तथा फूलमति ढेँगा र सुमन शर्मा रायमाझी राज्यमन्त्री बन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *