मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २२, शुक्रवार

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा रौतहटकी छात्रा आयुष्मा काफ्ले सर्वोत्कृष्ट अन्तर्गत टप तेस्रो स्थान हासिल गरेकी छिन । समग्रमा उनी तेश्रो स्थानमा रहेको भएतापनि छात्रा तर्फको प्रथम शीर्ष स्थानमा रहेकी हुन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ अंक प्राप्त गरेकी छन् । यद्यपि आयुष्मा ले प्राप्त गरेको अंक र द्वितीय हुनेले प्राप्त गरेको प्राप्तांक भने बराबर रहेको छ ।

उत्कृष्ट अंक हासिल गरेसँगै उनले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएकी छिन ।
देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै आशिक झा सर्वोत्कृष्ठ बनेका छन् । आशिक्को १ सय ८६ अंक रहेको छ उनको यो अंक आयुष्माको भन्दा ३ नम्बरले बढी हो ।

छात्रा तर्फ सर्वोत्कृष्ट आयुष्मा काफ्ले बनेकी हुन् । आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो । माइतीघर स्थित सेन्ट जेभियर्स कलेजबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेकी आयुष्माले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेकी थिइन । त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट छात्रा बनेकी आयुष्माले चन्द्रनिगाहपुर स्थित माउण्ट एभरेष्ट विद्यालयबाट ३ दशमलव ८५ जीपीएसहित एसईई उत्तीर्ण गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *