कृष्ण सिंह, सर्लाही । २०७८ साउन २१, बिहीवार

"भूमिहिन सुकुम्वासी नेपाली नागरिक एक हौँ" भन्ने नाराका साथ सरकारले भुमी व्यवस्था आयोग खारेज गरेको विरुद्धमा सर्लाहीको लालबन्दीमा नेता तथा स्थानीयबासीहरु रिले अनसनमा बसेका छन् । उनीहरू  बुधबारबाट लालबन्दी नगरपालिकाको वडा न-६ स्थित जनवादी चौकको पिपर चौतारा परिसरमा रिले अनसनमा बसेका हुन्।  

  आयोग खारेज गरेर सरकारले भूमिहन सुकुम्वासीलाई जग्गाविहिन कै अवस्थामा राख्ने काम गरेकोले आफूहरु रिले अनसनमा बसेका रिले अनसनका नेतृत्वकर्ता एवं लालबन्दी नगरपालिका-६, का वडाध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिएका छन ।

    सरकारले केही दिनअघि मन्त्री परिषदबाट निर्णय गरी देवी ज्ञवाली नेतृत्वको भूमी व्यवस्था आयोग खारेज गर्ने निर्णय गरेको थियो । सुकुम्वासीलाई जग्गाबाट बन्चित गर्ने उद्देश्य नभई आयोगका पदाधिकारीमा एमालेका कार्यकर्ता मात्रै भर्ती गरिएका कारण खारेज गरिएको सरकारको भनाइ रहेको छ। 

    सर्लाहीमा राज कुमार राय यादवको नेतृत्वमा गठन भएको उक्त आयोगले २० वटै पालिकासँग सम्झौता गरिसकेको थियो भने हरिवन र बागमती नगरपालिकामा जग्गा नापजाँचको काम समेत सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *