मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार

अफगानिस्तानमा राष्ट्रपति भवन नजिकै बम विष्फोट भएको छ ।

राजधानी काबुलको केन्द्रमा विष्फोट भएको हो । विष्फोट भएको क्षेत्र नजिकै राष्ट्रपति भवन, सरकारी आवास तथा कूटनीतिक नियोगका कार्यालयहरु रहेको बीबीसीले जनाएको छ ।

यस्तै अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा पनि आक्रमण भएको जनाइएको छ । राजधानी काबुलमा रहेको उनको आवासको पाहुना घरमा मंगलबार राति बम बिस्फोट भएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *