May be an image of 1 person and tree

कृष्ण सिंह, सर्लाही । २०७८ साउन २०, बुधवार

सर्लाहीमा अवैध सालको काठ र ट्याक्टर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाका ब्रह्मपुरी गाउँपालिका वडा न-३ स्थित ना २ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरे ३८ थान सालको गोलिया (२८४ क्युफिट) र चालकलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको सालको गोलिया, ट्याक्टर र चालकलाई आवश्यक कार्यवाहीको लागि जिल्ला बन कार्यालय लालबन्दी पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *