मुलुक डेस्क | २०७८ साउन १६ | राजविराज

तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमबीच कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।

तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा. ओम प्रसाद दहालले शुरु गर्नुभएको डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका(अन्मा) को सहकार्यमा विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका ब्यक्तिहरुको सहयोगमा उक्त विद्यालयलाई २० थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर शनिबार प्रदान गरिएको छ ।


अन्माले सप्तरीको राजेन्द्र देवकी माध्यमिक विद्यालयसँगै सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई गरी ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर सिरहा-सप्तरी कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रम अन्तर्गत प्रदान गरिएको अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले जानकारी दिए ।


सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह र अन्मा प्रतिनिधी कुन्दन शर्मा मिश्रले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष सिंहले कम्प्युटर ल्याबको स्थापनाले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुग्ने बताए ।


अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुर्‍याई दक्ष जनशक्ति उत्पादन गर्नमा मद्दत पुर्‍याउने उद्देश्यले कम्प्युटर ल्याबको स्थापना गरिएको बताए ।

उक्त कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधी ई. सुरेन्द्र कुमार साह, नेत्र प्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झा सहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने बताए। कार्यक्रममा अन्माका प्रतिनिधीहरुलाई विद्यालयको तर्फबाट गम्छा तथा कदर पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *