May be an image of 2 people, people standing and indoor

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १५, शुक्रवार

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्। आजको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिन ।

उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भईन् । उनले आफ्नै प्रदर्शन समेत सुधार्न सकिनन् । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोक्यो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ ।

May be an image of 5 people and text that says 'कल्पना परियार- सुटिड एलेक्स शाह- पौडी गौरीका सिंह पौडी सोनिया भट्ट- जुडो सरस्वती चौधरी एथलटिक्स'

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलि सकेक छन । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएको छ ।

परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरको थियो । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ-आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *